कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । दाङ क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कोमल वलीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

चुनावी प्रचारमा स्कुले विद्यार्थी प्रयोग गरेको विषयमा आयोगले शनिबार वलीलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग भएको तस्वीर फेला परेको भन्दै यो विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

ADVERTISEMENT

आयोगले भनेको छ, ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदा–हुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाई्लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ?’

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।

त्यस्तै उपदफा (४) मा सम्बन्धित उम्मेवारले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा आयोगले निजको उम्मेदवारी पनि रद्द गर्न सक्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?