नमस्ते सहकारीका संचालक र अध्यक्ष करोडौं रकम हिनामिना गरी सम्पर्क विहिन, खोजीमा प्रहरी 

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दियाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडका संचालक समितिका अध्यक्ष र प्रबन्धक सम्पर्क विहिन भएका छन् ।

सहकारी संचालक समितिका अध्यक्ष नगेन्द्र रिमाल र प्रवन्धक संजिव महतो करिब १ हप्तादेखि सम्पर्क विहिन भएका कारण बचतकर्ताले जम्मा गरेको रकम समेत झिक्न पाएका छैनन् ।

सरकारी तथा प्राइभेट बैकहरुको भन्दा बढि व्याजदिने भन्दै ठुला व्यापारी देखि सामान्य नागरिकको समेत मन जिति सहकारीमा बचत गराउन बाध्य पारेको नमस्ते बचत तथा ऋण सहकारी सस्थाले विश्वास तोडदै एक हप्तादेखि बर्दियाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेड संचालक समितिका अध्यक्ष नगेन्द्र रिमाल र प्रवन्धक संजिव महतो सम्पर्क विहिन भएका कारण बचतकर्ताहरु अहिले दिनहु प्रहरीकहाँ धाइरहेका छन् । संचालक समितिका अध्यक्ष तथा प्रबन्धकले बर्दियाको गुलरियामा सुविधा सम्पन्न कृष्णसार रिसोर्ट नामक होटल पनि चलाई रहेका छन् ।

ADVERTISEMENT

अन्य जिल्लामा पनि सो सस्थाको नाममा भवन तथा जग्गा रहेको बताइएको छ । लामो समय देखि नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडले गुलरियामा मुख्य कार्यालय स्थापना गरी काम गर्दै आइरहेको थियो संचालक देखि अन्य कर्मचारी सवै स्थानिय स्तरका छन् ।

बर्दियाको गुलरियामा मुख्य कार्यालय तथा बारबर्दियाको जयनगरमा शाखा कार्यालय राखेको सो सहकारीले करोडौ रुपैया हिनामिना गरेको आरोप लागेको छ । बचतकर्ताहरुले प्रहरी लाई उजुरी गरेपछि संचालक तथा प्रबन्धकको खोजीमा प्रहरी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?