गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड जुम्ला आउँदै

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न तथा जुम्ला सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते जुम्ला आउने कार्यक्रम तय भएको छ ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र जुम्लाका पार्टी संयोजक विरबहादुर कुवँरले जानकारी दिनुभयो ।

चुनावी सभामा गठबन्धन नेताहरूपनि सहभागी हुने कार्यक्रम रहेको मओवादी केन्द्र जुम्लाले जनाएको छ । चुनावी सभा कार्यक्रम जुम्ला सदरमुकाम खलंगा स्थित सिमाचौरमा हुने छ । जिल्लामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोमा गौतम कुवँर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञनेन्द्र शाही विच प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

२०७० सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका ललितजंग शाहीले एमाले र माओवादीका उम्मेदवार हराउँदै विजयी भएका थियो । २०७४ सालको आम निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुदाँ कांग्रेसका देवेन्द्र बहादुर शाहीलाई दोब्बर मत अन्तरले हराउँदै माओवादीका गजेन्द्र बहादुर महत विजयी भएका थियो । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन वडाध्यक्षको मत हेर्दा जुम्लामा एमाले र राप्रपा भन्दा सत्ता गठबन्धनको झण्डै ३५ हजार भन्दा बढी मत अगाडि रहेको छ ।

ADVERTISEMENT

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज