मार्सीधानमा रोग लागेपछि किसानले लगाए आगो

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमबाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोग संक्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दिपक खत्रीले बताउनुभयो ।

धान भिœयाउन खेतमा पुगेका गौतमबाडाका किसान धानको बाला नै नलागेको रित्तै खेत देखेपछि परालमा आगो लगाउनुपरेको बताउनुहुन्छ । गएको वर्षमा १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । चन्दननाथमा तीन उन्नत जातको धान रोप्दा चार बोरामात्रै उत्पादन भयो । बाँकी सबै मार्सीधान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो ।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न गाह्रो भएको सो गाउँका स्थानीयवासी बताउँछन् । मार्सीधानले बाह्रै महिना खान पुग्दा चामल किन्न बजार जानुपरेको थिएन, पहिलोपटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सीधानको रोपाइँ हुने गरेको छ । धान उत्पादन नहुँदा सो गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमबाडाका स्थानीयवासी बताउँछन् ।

ADVERTISEMENT

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले गौतमबाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानहरूको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको कृषि विकास कार्यालयले जनाएको छ ।

मार्सीधानमा ब्लाष्ट रोगको संक्रमण भएको छ । उन्नत जातको धानमा यो रोगको खासै समस्या छैन तर मार्सीधानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । उहाँले भन्नुभयो, ‘धानको नमुना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले फोटा कृषि अनुसन्धान परिषद्सम्म पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन ।’

जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकोमा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको कुल धान उत्पादनको तथ्यांक संकलन गर्ने काम भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज