मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौंमा अलपत्र

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको नेत्रावती डबजोंग गाउँपालिकास्थित मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौंमा अलपत्र अवस्थामा थन्किएको छ । क्लबको नाममा रहेको एम्बुलेन्स काठमाडौंमा बेवारिसे अवस्थामा थन्किएर बसेको हो । मार्पाक सामुदायिक क्लबले करिब १० वर्षअगाडिदेखि सञ्चालनमा ल्याएको एम्बुलेन्स करिब तीन वर्षमात्र सञ्चालनमा आएको र अहिले काठमाडौंको वनस्थलीमा थन्किएर बसेको क्लबका अध्यक्ष सुदीप अधिकारीले जानकारी दिनुभयो ।

हाल वनस्थलीको एक ग्यारेजमा थन्किएको उक्त एम्बुलेन्सका चारवटै टायर फेर्नुपर्ने अवस्था रहेको छ । उक्त एम्बुलेन्सलाई फुल सर्भिसिङ गरी आवश्यक मर्मतसम्भार पनि गर्नुपर्ने देखिएकाले करिब ७० हजारदेखि एक लाखसम्म खर्च हुने देखिएको छ । करिब सात वर्षसम्म एम्बुलेन्स थन्किनु र मर्मत नगर्नु के कारणले हो यो भने शंकाको विषय बनेको छ । समय छँदा किन मर्मत गरिएन भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कातिर सात वर्षसम्म किन एम्बुलेन्स थन्काइयो ? क्लबले किन यसको निगरानी गरेन जस्ता प्रश्नले शंका पैदा भएको छ ।

कतै क्लबका जिम्मेवार व्यक्तिले त यसमा भ्रष्टाचार गरेको छैन, यो शंकाको विषय बनेको छ । यस विषयमा एम्बुलेन्स चालक कुविर अधिकारीसमक्ष बुझ्दा क्लबका अध्यक्षले तलब नदिएकाले आफूले एम्बुलेन्सको चाबी काठमाडौंको वनस्थलीमा उहाँलाई बुझाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले १८ महिनादेखि तलब पाइनँ, तलब नपाएपछि के काम गर्नु भनेर मैले चाबी बुझाएँ ।’

ADVERTISEMENT

धादिङ जिल्लाभरि कार्यक्षेत्र रहेको उक्त क्लबमा हाल अध्यक्ष सुदीप अधिकारी, महासचिव अनिल अधिकारी र कोषाध्यक्ष अजय अधिकारीलगायत कुल १७ जनाको क्लब सञ्चालक कार्यसमिति रहेको छ । गाउँमा बिरामीहरूका लागि सहयोग तथा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ करिब तीन वर्षअगाडिदेखि एम्बुलेन्स सञ्चालनमा आएको थियो । जसमा एम्बुलेन्स सञ्चालन समिति र एम्बुलेन्स सञ्चालन सल्लाहकार समितिसमेत बनाइएको थियो । केही समय संस्थाले राम्रोसँग काम गरे पनि अहिले केही काम नभएको स्थानीय बताउँछन् । गाउँमा एम्बुलेन्स आएसँगै स्थानीयहरू हर्षितमात्र भएनन्, गाउँकै मुहार परिवर्तन भएको चर्चा गरेका थिए । तर, अहिले गाउँमा भएको एउटा एम्बुलेन्स पनि थन्किएर बस्दा गाउँ नै अँध्यारो जस्तो भएको छ ।

एम्बुलेन्स सञ्चालन समितिमा अध्यक्ष विष्णु अधिकारी, रवि अधिकारी महासचिव र उत्तम अधिकारी कोषाध्यक्षसहित १५ सदस्यीय समिति रहेको थियो । साथै यमबहादुर अधिकारी मुख्य सल्लाहकार रहने गरी सातजनाको सल्लाहकार समितिसमेत बनाइएको क्लबका अध्यक्ष अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज