दाङमा तात्न थाल्यो चुनावी माहोल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-विवेक खड्का

दाङ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिए लगत्तै पुनः चुनावी माहोल तात्न थालेको छ ।

केही दिन आराम गरेका उम्मेदवार र दलका नेता कार्यकर्ता पुनः गाउँगाउँमा पुग्न थालेका हुन्। यसैक्रममा शनिबार विहानै दाङ क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरूले वडा नम्बर १२ बाट चुनाव अभियान सुरु गरेका छन् ।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र दाङ २(२)का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले विहानैदेखि मतदातासँगको भेटघाट सुरु गर्नुभएको छ ।

सो क्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उम्मेदवार रेखा शर्माले विगतको चुनाव र यो चुनाव एउटै नभएको बताउनुभयो । अब संविधान र ऐन कानुन बनाउने काम सकिएकाले यसलाई बचाउँदै विकास निर्माणका काममा पूर्णरुपमा अघि बढ्ने बताउनुभयो ।

प्रदेशसभा सदस्यका उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले संविधान, लोकतन्त्र र समृद्धिका लागि बनेको गठबन्धन निकै बलियो रहेकाले यसकै बलमा विकास निर्माणका धेरै काम गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?