हानिकारक प्रशोधित खानाको लतमा नेपाली

जंकफुडलाई एचएफएस्एस् पनि भनिन्छ, अर्थात हाई ईन फ्याट, सुगर एण्ड साल्ट । यस्तो खानाको प्रचारप्रसारमा सन् २०२१ देखि अमेरिका र स्पेनमा प्रतिबन्ध लगाइएको छ ।

हिमालय टाइम्स कालिकोट, संवाददाता

Ramdeu-Pandit
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

काठमाडौं । एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, दाल र तरकारीहरू पनि प्याक भएर बिक्री वितरण हुन थालेको अवस्था छ।

खाना पकाउन, खुवाउन र पकाइएको खाना ढोका ढोकामै पुर्‍याउने व्यावसायिक अभ्यास सुरू भएपछि खाद्य उद्योग सुरू भएका छन्। पकाइएको खाना घरघरमा टाढा–टाढा पुर्याउन समय लाग्छ। त्यसअवधिमा खानालाई बिग्रिनबाट बचाउन प्रिजर्भेटिव राख्न थालिएको छ। खाद्य पदार्थहरू प्रशोधन गर्न थालिएको छ। त्यसपछि पत्रु खाना (जंक फुड), तयारी खाना (फास्ट फुड) र प्याकेज्ड खाना (प्याक्ड फुड) को युग सुरू भएको छ।

अहिले खाद्य बजार यति व्यापक बनेको छ कि एउटा शहरको खाना अर्को शाहर मात्र पुग्दैन एउटा गाँउमा बनेको खाना विश्वभर पुग्छ। यसरी एक ठाँउमा बनेको खाना विश्भरि पठाउँदा समय लाग्ने हुँदा खानालाई बिग्रिनबाट बचाउन अत्यधिक प्रशोधन गरिन्छ। धेरै प्रकारका केमिकलहरू पनि राख्ने गरिएको छ।

खाद्यवस्तुको गुणस्तरकै लागि भनेर कानुतः मापदण्ड पनि तोकिएको हुन्छ तर धेरै जंक एवं प्याकेट बन्द खानामा लेखिएको हुन्छ– ‘वन्ली सेल ईन नेपाल’ तर किन भनेर प्रश्न गर्ने फुर्सद कसैलाई छैन। नेपालमा मात्र किन ? के यो प्रश्न गम्भीर होइन ?

कृत्रिम रूपमा प्रशोधित खाना दुई प्रकारका छन्। पत्रु खाना (जंक फुड) र तयारी खाना (फास्ट फुड)। ऊर्जा धेरै तर पोषक तत्त्व शून्य भएका खाना पत्रु खाना हुन्। सजिलै उपलब्ध हुने खाना तयारी खाना हो, तयारी खानामा पोषक तत्त्व हुन पनि सक्छ नहुन पनि सक्छ। पत्रु खाना वा तयारी खाना प्याकेटमा वा डब्बामा उपलब्ध हुनुलाई प्याकेट खाना (प्याक्ड फुडरक्यान्ड फुड) भनिन्छ।

खाद्य उद्योग अहिले विश्वस्तरका ठुलाठुला व्यावसायिक घरानाहरूको वर्चस्वमा छ। खाद्य उद्योगको व्यापार चौतर्फी व्यापक रूपमा बढी रहेको छ। हरेक मिनेटमा खाद्य पदार्थको नयाँ नयाँ प्रशोधित परिकारहरू बनाइन्छ र बजारमा ल्याइन्छ। जसलाई बच्चादेखि वृद्ध र रोगी देखि योगीसम्मले खाने गरेको पाइन्छ। प्रशोधित खानाको व्यापार पूर्वीय र पश्चिमा समाजमा पनि उत्तिनै व्यापक छ।

प्रशोधित पत्रु खाना, त्यारी खाना र प्याकेट खाना विभिन्न स्वाद, आकार, प्रकार र रङ्गमा यत्रतत्र पाइन्छन्। नेपालजस्तो स्वादप्रधान देश जहाँ भोजन र पोषणको सचेतना निकै कम छ। त्यहाँ ती खानाहरूको व्यापार अझ बढ्दो छ, लोकप्रिय छ। भोजभतेर, पार्टी, विहेव्रतबन्ध, आदिमा पनि यी खानाहरू नै प्रयोगमा आइरहेका छन्।

नेपाली समाज प्रशोधित खानाप्रति यति संम्वेदनशील छ कि खाइएको पत्रु खानाको प्रयोग गरिसक्ने मिति, त्यसमा के के घटक सामग्री राखिएको छ भन्ने समेत हेर्न जरूरी ठान्दैन। त्यो बेच्न योग्य छ कि छैन, आधिकारिक निकायबाट अनुमति प्राप्त गरेको छ कि छैन भन्ने कुरा निकै परको विषय बनेको छ। यी सब कुरामा ध्यान दिने फुर्सद धेरैमा अझै छैन।

बजारमा खाद्य पदार्थ बेच्ने पसलमा एकसरो नजर लगाउँदा, पसल ‘प्याकेट’ खानाले भरिएको हुन्छ। ‘प्याकेट’ खानाको रंगीचंगी प्याकेटहरू सजिएको हुन्छ। कुरकुरे, चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, पाउरोटी, जुस, ससेस। के के हो के के १ तपाइँ हाम्रै भान्सामा नजर लगाउनुस् त तिनै बजारका खानेकुराले वर्चस्व जमाएका प्रष्टै देखिन्छ। यसको स्पष्ट संकेत के हो भने नेपाली समाज प्रशोधित खाने कुराको लतमा फस्दै गइरहेको छ भन्ने हो।

विदेशतिर खाद्य वस्तु जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले खानलायकको खाने कुरा मात्र बजारमा आउने गर्छ। सरकारी मापदण्ड पूरा नगरी र अनुमति नलिई खाद्यवस्तु बजारमा बिक्री वितरण गर्न ल्याउनै पाइँदैन। खाद्यवस्तुको गुणस्तरकै लागि भनेर कानुतस् मापदण्ड पनि तोकिएको हुन्छ तर धेरै जंक एवं प्याकेट खानामा ठूलो ठूलो अक्षरमा लेखिएको हुन्छ– ‘वन्ली सेल ईन नेपाल’ तर किन भनेर प्रश्न गर्ने फुर्सद कसैलाई छैन। किन नेपालमा मात्र ? के यो प्रश्न गम्भीर होइन ?

ADVERTISEMENT

लेबररस् हेल्थ एण्ड सेफ्टी फण्ड अफ नर्थ अमेरिकाका अनुसार प्रशोधित खानामा ५००० प्रकारका कृत्रिम घटकहरू मिसाइने गरिन्छ। जुन ऊर्जामा खँदिलो र बानी लगाउने खालका हुन्छन्। ५ वर्ष लगाएर १ लाख मान्छेमा गरिएको एक अध्ययनका अनुसार यदि मान्छेले १० प्रतिशत प्रशोधित खाना दैनिक जीवनमा थप्छ भने उसमा क्यान्सर लाग्ने सम्भावना १२ प्रतिशतले बढ्छ। प्रशोधित खानाले प्रत्यक्ष रूपमा उच्च रत्तचाप र मधुमेह लाग्ने सम्भावना बढाउँछ।

विचित्रको कुरा के हो भने ती खानेकुरामा हानिकारक चिज छैन भनेर समेत दाबी गरिएको हुन्छ। पोषणको मात्रासहित स्वास्थ्य र पोषणका लागि उक्त खाने कुरा उत्तम भनेर लेखिएको हुन्छ। यसरी दोधारे नीतिले उपभोक्ता नै द्विविधामा पर्छन्– कुन कुरा सही हो भनेर। त्यसो त माटोमा पनि पोषण हुन्छ तर हामी माटो खाँदैनौ किन कि त्यसमा अन्य धेरै हानीकारक तत्त्व हुन्छ। त्यस्तै हो प्रशोधित खाना पनि। स्वास्थ्यका सवालमा मानिसले सुरक्षालाई पहिलो प्राथमिकता ९सेफ्टी फस्ट० मा राखेको हुन्छ त्यसैले कुनै खाद्य वस्तुको फाइदा भन्दा पहिले त्यसको हानीको मूल्याङ्कन गर्नु जरुरी हुन्छ र त्यसै गरिन्छ। यस अर्थमा प्याकेटमा अनावश्यक दाबी उल्लेख गर्नुलाई भ्रामक प्रचार मात्र मान्नुपर्छ।

जंकफुडलाई एचएफएस्एस् पनि भनिन्छ। जसको अर्थ हाई ईन फ्याट, सुगर एण्ड साल्ट हुन्छ। यस्तो खानाको प्रचारप्रसारमा सन् २०२१ देखि अमेरिका र स्पेनमा प्रतिबन्ध लगाइएको छ। यस्तो खानामा एकखालको पोषक तत्त्व भए पनि फाइबर, प्रोटिन, भिटामिन, मिनरल निकै कम हुने गर्छ।

कच्चा पदार्थ वा प्राकृतिक खाने कुरालाई प्रशोधन गरी त्यसलाई स्वादिलो र टिकाउयुक्त बनाउन रसायनिक पदार्थ एवं नुन अधिक मिसाइन्छ। कुनै पनि खाने कुरा कुरूम–कुरूम बनाउने काम अद्यौगिक ट्रान्स फ्याट (हानिकारक चिल्लो पदार्थ) ले गर्छ। जिब्रोको लागि स्वादिलो भए पनि असन्तुलित मात्रामा हुने ट्रान्स फ्याट, रसायन र नुन स्वाथ्यको लागि हानिकारक नै मानिन्छ।

अमेरिकी संस्था ‘स्क्रिप्पस रिसर्च इन्स्टिच्युट’ले सन् २००८ मा मुसाहरूमा गरेको एक अध्ययन अनुसार जसरी हेरोइन र कोकेनले मुसाहरूको मस्तिस्कको गतिविधि बिगार्छ त्यसरी नै जसरी जंक फुडले बिगारेको पाइयो। त्यस्तै २००७ मा ब्रिटिस जर्नल अफ न्युट्रिसनले प्रकाशन गरेको गर्भवती मुसाहरूमा गरिएको अध्ययनका अनुसार गर्भवती अवस्थामा जंक फुड खाने आमाका बच्चाहरूको खानपिनशैली निकै अस्वस्थकर हुने गरेको पाइयो।

प्याकेटका खानेकुराको उत्पादन मिति र म्याद गुज्रने मिति लेख्ने अधिकार उत्पादक कम्पनीको हुन्छ। प्रयोग गरिसक्ने अवधिभर खाद्यवस्तुको प्रयोग गर्दा सेवाग्राहीको स्वास्थ्यमा परेको असरको सम्पूर्ण जिम्मेवारी समेत कम्पनीले नै बहन गर्नुपर्छ भन्ने कानुनी प्रावधान हुन्छ तर व्यवहारमा प्याकेटको खाना खाए लगत्तै स्वास्थमा समस्या आइहाल्दैन। त्यस्तो खाना लामो समयसम्म खाएपछि मात्र समस्या आउँछ। त्यस लामो अवधिमा अन्य धेरै कुरा पनि खाइएको हुन्छ। अतः रोगी हुँदासम्म के ले रोग लागेको हो सजिलै पत्ता लगाउन मुस्किल पर्छ। फलतस् उत्पादकसँग क्षतिपूर्ति माग्न आधार पुग्दैन। यसरी उत्पादकले उपभोक्ताको स्वाथ्य बिगारेर पनि उम्किन सफल छ।

लेबररस् हेल्थ एण्ड सेफ्टी फण्ड अफ नर्थ अमेरिकाका अनुसार प्रशोधित खानामा ५००० प्रकारका कृत्रिम घटकहरू मिसाइने गरिन्छ। जुन ऊर्जामा खँदिलो र बानी लगाउने खालका हुन्छन्। ५ वर्ष लगाएर १ लाख मान्छेमा गरिएको एक अध्ययनका अनुसार यदि मान्छेले १० प्रतिशत प्रशोधित खाना दैनिक जीवनमा थप्छ भने उसमा क्यान्सर लाग्ने सम्भावना १२ प्रतिशतले बढ्छ। प्रशोधित खानाले प्रत्यक्ष रूपमा उच्च रत्तचाप र मधुमेह लाग्ने सम्भावना बढाउँछ।

अत्यधिक प्रशोधित खानेकुरा पोषणका लागि वा स्वास्थ्यका लागि भनेर खानु भ्रम हो। बेलामौकामा भोक मेट्न वा जिब्रोको स्वाद फेर्न प्रशोधित खानेकुराहरू खान सकिए पनि नियमित खानु सर्वथा हानिकारक छ।

 

 

  • श्रोत  :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?