गुल्मीलाई विकास निर्माणमा नमूना बनाउने अवसर प्रदान गर्नुस् : श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रदेशसभा निर्वाचन क्षेत्र नं.-२ (क) का गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ ।

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.-२ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमूना बनाउने बताउनुभएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफुलाई विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमूना बनाउनका लागि अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।

उहाँले विगतका दिनमा यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुल सडक लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो । ‘हरेक विपत्तिमा हामीले जनताको सेवाका लागि अग्रमोर्चामा रहेर काम गरेका छौं ।’ उहाँले भन्नुभयो, ‘हामीले सधै नागरिककको सहजताका लागि विपत्तिको सामनादेखि हरेक क्षेत्रमा काम गर्दै आएका छौं ।’

ADVERTISEMENT

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति समेत रहनुभएका श्रेष्ठले आफुहरुले सधै नागरिकसँग जोडिएर काम गरेको बताउनुभयो । ‘गुल्मी जिल्ला विकास विहिन जस्तो देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘जिल्लामा पुराना अनुहारबाट विकास सम्भव छैन् ।’ निर्वाचनमा विजयी भएमा पाँच वर्षको समयमा आफूले जिल्लालाई विकास निर्माणमा नमुना बनाएर देखाउने उहाँले बताउनुभयो ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई कलम चिन्ह र आफूलाई रूख चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । झाँक्रीसँग नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र श्रेष्ठसँग नेकपा एमालेकै डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?