काठमाडौं । कार्तिकशुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटीका हो । दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो ।
बिहान ११ः३७ मिनेटमा टिकाकाे साइत थियाे ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
हेर्नुहोस भाइटिकाका तस्वीर

























