जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याई-नभ्याई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-विजय रावत

जुम्ला । देश यदि बेला प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसानलाई राजनीतिक भन्दा आफ्ना खेतिपातीमा काम गर्ने व्यस्त हुने गरेका छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याई-नभ्याई भएको चन्दननाथ नगरपालिका-२ का स्थानीयवासि लक्ष्मी कुमाईले बताउनुभयो ।

जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखी परेको एकसाताको अविरल वर्षाले क्षती गर्दा विशेषगरी सिंजा क्षेत्रका किसान मर्कामा परेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिंजाका सबै धान उत्पादन हुने खेतमा पुर्णरुपमा क्षती भएको सिंजा गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकाका किसानलाई यदीबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सी धान भित्र्याउन किसान लागि परेकाछन् । बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै किसान व्यस्त हुने गरेकाछन् । एक हप्तासम्म वर्षा नभएको खण्डमा सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासि पूर्णप्रसाद चौलागाईले बताउनुभयो ।

ADVERTISEMENT

marsi dhan

जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सी धान निकै लोकप्रिय र ख्याति प्राप्त धान बाली हो । पछिल्लो समय रोगकिराको संक्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन्  । मार्सी धानको चामल १ सय ५० देखि २ सय रुपैया प्रति केजीमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको रारालिही अर्गानिक पसलका संचालक अर्जुन बुढाले जानकारी दिनुभयो । जुम्ली मार्सी धानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोही अनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गर्छन । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । १६ गते भिजाएको बीउ सुकाउने र २० गते ब्याडमा लिएर छर्ने गरिन्छ ।

जेठ पहिलो साताबाट धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष ९ सय ५० हेक्टरमा धान खेती गरिएकामा ६ हजार ७८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

जसमा एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सी धान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताउनुभयो । जिल्लाका किसानलाई चन्दननाथ-१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सी धानको खेती समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *