डोटीमा ठूलो असिना पानी, भित्र्याउने बेलाको धान सखाप

Read Time = 1 min

धनगढी । डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ ।

आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताउनु भयो । उहाँले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्‍याएको बताउनु भयो ।

ADVERTISEMENT

केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?