भक्तपुर । तिहार नजिकिएसँगै अहिले ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर गुण्डुका फूल कृषकहरू पनि अहिले मखमली टिप्न व्यस्त छन्। बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्। बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्। मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।














