भोट माग्दै गाउँ पसे उम्मेदवार

Read Time = 5 mins

-मानबहादुर बिश्वकर्मा
कालीकोट । दुर्गम जिल्ला कालीकोटमा मंसिर ४ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।
चुनाव नजिकिँदै गर्दा एमाले र स्वतन्त्र उम्मेदवारहरु लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् ।

विषेश गरी नेकपा एमालेका उम्मेदवारहरु भोट माग्दै गाउँ पसेका हुन् । २ वटा प्रदेश सभा सदस्य र एक प्रतिनिधि सभा सदस्यको लागी पाँच दलिय गठबन्दन सँग लड्न एमालेले उम्मेदवार छनौट गरी प्रचारप्रसारका लागी आइतबार देखी जिल्लाका विभिन्न क्षेत्रमा लागेका छन् ।

प्रतिनिधी सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही, प्रदेश सभा (क) का उम्मेदवार कुर्मराज शाही र (ख) का उम्मेदवार सहित समानुपातिक उम्मेदवार गाउँ पसेका हुन् ।

नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको गठबन्दन बनेको कालिकोटमा एमाले एक्लै चुनावमा भिड्न लागेको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सँंग एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही निकै उत्साहका साथ चुनावमा भिड्न लाग्नुभएको छ ।
यस्तै गठबन्दनकै नेपाली कांग्रेसका पुराना नेता हिक्मतबहादुर विष्टसँग एमालेका बिरेन्द्र बोगटी, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम र गठबन्दनको विरुद्धमा लडेको नेकपा एकिकृत समाजवादीका विश्वराज बम भिड्ने भएका छन् ।

यस्तै प्रदेश सभा (क) मा गठबन्दनकै दुर्गबहादुर रावत र पूर्व कृर्षी मन्त्री कुर्मराज शाही बिच भिडन्त हुने भएको छ । रावतले यसअघी प्रतिनिधी सभा सदस्य जित्नुभएको थियो ।
अहिले उहाँलाई गठबन्दनले प्रदेश सभामा लगाएको छ । यस्तै प्रदेश (क) एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको एमालेको दाबी छ ।
उक्त क्षेत्रको खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाहीकोे दाबी छ ।

प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक एमालेका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उहाँको भनाई छ ।
सो क्षेत्रमा कांग्रेस बलियो भएतापनी अहिले माओवादीको भागमा उम्मेदवार रहेको छ । त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृह जिल्ला कालीकोट पुग्नुभएको छ ।

ADVERTISEMENT

एमालेले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेर भोट माग्न गाउँ पसिरहदा गठबन्दका उम्मेदवार भने, जिल्लामा समेत पुग्न सकेका छैनन् ।

यस्तै आफुले टिकट नपाएको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिकाका निवर्तमान नगर प्रमुख कासीचन्द्र वरालले प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवार दिएर प्रचार प्रसारमा खटिनुभएको छ ।

कोइराला समुहका नेता असन्तुष्ट

कोइरला समुहका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही भने जिल्लामा पुग्न सक्नुभएको छैन् । टिकट वितरणमा आफ्नो समुहलाई गठबन्दनले पेलेको भन्दै नेता शाही अहिले चर्को विरोध संगै असन्तुष्ट हुनुभएको छ ।

कालीकोट संस्थापन पक्षको भन्दा कोइरला समुहको बाहुल्यता रहेको जिल्ला हो । युवा नेता शाहीले टिकट नपाएपछी कोरइरला समुहका नेता गठबन्दनको विरुद्ध लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?