चलचित्र ‘महापुरुष’ टिमले मोफसल टुर गर्ने

Read Time = 3 mins

काठमाडौं । चलचित्र महापुरुष टिमले मोफसल टुर गर्ने भएको छ । प्रमोसनल टुरमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेका छन् ।

केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको तथा हाँस्य, संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए । ‘हामीले महाभ्रमणमा मनोरञ्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी फिल्मबारे दर्शकलाई विभिन्न प्रस्तुतिमार्फत जानकारी दिनेछौँ,’ उनले भने ।

बानियाँका अनुसार भ्रमणअन्तर्गत २५ असोजमा विर्तामोडस्थित वान स्टप मल, २६ गते इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, २७ गते हेटौडाको हुप्र चौर, २८ गते नारायणगढको नारायणी नदी किनार, २९ गते बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडि र ३० असोजमा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ । ‘दर्शकसँग साक्षात्कार गर्दै फिल्मबारे जानकरी दिनु आतुर छु,’ आचार्यले भने । भ्रमणमा सुमन कार्कीले हाँस्य प्रस्तुति दिनेछन् भने निशान भट्टराईले सांगीतिक प्रस्तुति दिनेछन् ।

ADVERTISEMENT

सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रबिन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ ।

यही फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?