दक्षिणी युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका थिए ।

ADVERTISEMENT

युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ, ‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ ।’ यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो ।

क्षेप्यास्त्र हमलामा मुख्य सहरमा रहेको एउटा पाँच तले भवन पूर्ण रुपमा जलेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?