मन्त्रिपरिषद् बैठकको निर्णय : सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी, बैठकले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको अवधारणापत्रअनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्ति गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै, सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाई लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।

त्यस्तै, २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्सन से डेभलपमेन्ट सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका-६ कालीकोट, नरहरिनाथ गाउँपालिका-२ कालीकोट, राप्ती सुन्दरी गाउँपालिका-४ बाँके, रम्बा गाउँपालिका-३ पाल्पा, शीतगंगा नगरपालिका-१३ अर्घखाँची, जगरनाथपुर पाउँपालिका-५ पर्सा र महागढीमाई नगरपालिका-५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौँ बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले रुपन्देही जिल्ला साबिक खुदाबगार गाविसको ०१६१० बिगा सरकारी जग्गा सुधाबागर आदर्श कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साबिकको लभकुली गाविसको एक बिगा १० कठ्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने, ललितपुर जिल्ला साबिक झर्राराशी गाविसको नौ हजार ५०० रोपनी सरकारी जग्गामध्ये चार हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

ADVERTISEMENT

मन्त्री शर्माले सरकारले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्रअनुसार कानुन तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने, जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, २०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोवल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको पनि बताउनुभयो ।

जिल्ला प्रवेशमा रोक लगाउने कुरा सरकारले सहँदैन
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सहृय नहुने बताउनुभयो । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताउनुभयो ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार इलाम जिल्लामा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

उहाँले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने जानकारी गराउनुभयो । मन्त्री शर्माले ठूला वा सानाभन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने उहाँको भनाइ थियो । उहाँले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *