ललितपुरको खोकनाका स्थानीय वासिन्दाले प्रत्येक वर्ष दशैँको साटो ‘शिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ। दशैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।















