चित्रकारितासँगै टाटुमा सुमिनाको लोकप्रियता

Read Time = 5 mins

काठमाडौं । फाइन आर्टसम्बन्धी अध्ययन गर्नुभएकी सुमिना श्रेष्ठ पछिल्लो समय टाटु कलामा लोकप्रिय हुनुहुन्छ । स्केजकी पारखी उहाँ चारकोल एवं पानी रंगबाट चित्रबनाउन रुचाउनुहुन्छ । उहाँलाई अमूर्त चित्र मनपर्दैन । ‘झट्ट हेर्दा सबैले बुझ्ने, सुन्दर देखिने चित्र मलाई मनपर्छ । यस्ता चित्रले जगत्लाई सम्बोधन गर्छ,’ उहाँको तर्क छ, ‘प्रकृतिका सुन्दर दृश्य क्यान्भासमा धेरै उतारेकी छु । पछिल्लो समय जनावरको चित्र कोर्नु यसैको उपज हो’, उहाँले भन्नुभयो ।

जीवनमा अन्य जुनसुकै व्यवसाय अपनाए पनि पेन्टिङ्लाई निरन्तरता दिने उहाँको अठोट छ । हुन त स्केज एवं पेन्टिङ्लाई व्यावसायिक रूपमा अंगाल्न सक्ने आँट उहाँमा छ । उहाँ भन्नुहुन्छ, ‘मैले यो क्षेत्रमा धेरै समय खर्च गरेकी छु । सयौं चित्र तयार पारेकी छु । अब यसलाई व्यावसायिक रूपमा अँगाल्न सक्छु भन्ने विश्वास ममा छ ।’

फाइन आर्टमा विशेष दखल राख्ने उहाँ टाटुकलामा पनि त्यतिकै दखल राख्नुहुन्छ । एसियाको थोरै लेडी टाटु आर्टिष्टमा पर्ने सुमिना श्रेष्ठको हातबाट टाटु बनाउन चाहने युवा जमातको भिड पछिल्लो समय बाक्लिँदै गइरहेको छ ।

फाइन आर्टमा विशेष दखल राख्ने उहाँ टाटुकलामा पनि त्यतिकै दखल राख्नुहुन्छ । एसियाको थोरै लेडी टाटु आर्टिष्टमा पर्ने सुमिना श्रेष्ठको हातबाट टाटू बनाउन चाहने युवा जमातको भिड पछिल्लो समय बाक्लिँदै गइरहेको छ । ठमेलमा रहेको टाटु पसलमा नभ्याएको काम बेलुका अबेरसम्म घरमा बसेर भए पनि बनाई दिएर आफू कहाँ आउने टाटु पारखीहरूको चित्त बुझउन सक्ने खुबिका कारणले पनि उहाँप्रति टाटु पारखीहरूको भिड लागेको हो । यसले उहाँलाई निकै व्यस्त बनाएको छ ।

ADVERTISEMENT

यस क्षेत्रमा परिवारको साथ रहेकाले आफू उत्साहित भएको उहाँको भनाइ छ । ‘परिवारमा सबै बुझकी हुनुहुन्छ । बुबा सानुकाजी श्रेष्ठ वरिष्ठ पत्रकार, ममी मञ्जु श्रेष्ठ विगतमा शिक्षण पेशामा हुनुले पनि मेरो रुचिमा कुनै रुकावट आएको छैन’, उहाँले सुनाउनुभयो ।
पहिला चित्रकला विशेष दखल राख्ने उहाँ चलचित्रकला सँगसँगै यतिबेला टाटुलाई पनि सँगै अगाडि बढाइरहनु भएको छ । टाटुमा उहाँको आफ्नै अनुभव छ । ‘पेन्टिङ्भन्दा टाटु धेरै गाह्रो काम हो । पेन्टिङ् बिगे्र पनि कागजमा बिग्रिन्छ तर टाटु शरीरमा बिग्रनु हुँदैन’, उहाँ बताउनुहुन्छ ।

विभिन्न चित्रकला प्रतियोगितामा भाग लिएर थुपै पटक पुरस्कृत हुनुभएकी श्रेष्ठ विभिन्न कार्यशालामा समेत सहभागिता जनाउँदै आफ्नो प्रस्तुतिमार्फत धेरैको मन जित्न सफल हुनुहुन्छ । यिनै विधामा आफ्नो भविष्य सुनिश्चित गर्ने उहाँको सोच रहेको छ ।

सुमिनाको काम यतिमा मात्र सीमित छैन, गेट वेल सोन प्रोजेक्टमार्फत कोरिया, जापान, स्पेनलगायत देशबाट नेपालको दुर्गम भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न विषयमा प्रशिक्षण दिन आउने विदेशीहरूको नेतृत्व गर्दै विभिन्न जिल्लाको उहाँले भ्रमण गर्नुभएको छ । यतिबेला उहाँका सिर्जनाले देश–विदेशमा चर्चा पाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?