बुधबार राप्रपा प्रवेश गर्दै मिश्र, वरियताबारे टुंगो हुन बाँकी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जाने हुनु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरियता दिने निश्चित भएपछि उहाँ राप्रपा प्रवेश गर्न लाग्नु भएको हो ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार घोषणा सभा राष्ट्रिय सभागृहमा भोलि दिउँसो १२ः३० बजे हुनेछ।

उहाँले भन्नुभयो, ‘मिश्रजीलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियताबारे अहिले नै टुंगो लागेको छैन। हाम्रो पार्टीमा पनि शीर्ष नेताहरूहुनुहुन्छ। अब एउटै पार्टीमा भएपछि सहमतिमा अघि बढ्छौँ।’

ADVERTISEMENT

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि अध्यक्षबाट राजीनामा दिनु भएका मिश्रले सोमबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज