कविता : हुन् पुर्खा एकै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

✍️ अनुराधा थापा

कोरोनालाई बिदा गरौ सब एक भई
हौं एकै परिवार विश्व विरादारी
हामीमा नवजातिका हुन् पुर्खा एकै
तर पनि किन एक भएर बाँच्न सकेनौं ?

हास्न सकेनौं झुपडीमा बसेर
सधैँ झुट र असत्यमा बाँचिरहेछौं
कोरोना भाइरसले प्रमाणित गराएको छ,
हुन् पुर्खा एकै, आज विश्व नै आक्रान्त भएको छ
त्राही-त्राही भएर मुसाको जीवन जीउन बाध्य छन्

ADVERTISEMENT

मानव जीवनको शक्ति पहिचान गराएको छ
शक्तिशाली बमको निर्माण गर्नेहरूको
प्रकृतिभन्दा माथि हुनखोज्नेहरूको
प्राकृतिक प्रकोपहरू भोग्न पर्दछ निर्दाेषहरूले
प्रकृतिभन्दा माथि छैन कोही उसकै शरण लिउँजो कोही
प्रकृतिसँग रमाउन जानौं उसैको निर्देशन मानौं

प्रकृति नै सत्य हो सत्य नै ब्रहृम हो
अब त कोरोना धेरै भयो बिदा गर्ने दिन पनि आयो
सम्मानका साथ बिदा गर्दछौं टाढा जाउँ
यस धर्तीबाट नै बिदा गर्दछौं फेरि फर्की नआउ
जाऊ-जाऊ-जाऊ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?