काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।
नेपाल कमर्स क्याम्पस अगाडि पुतला दहन गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको भन्दै पुतला दहन गरिएको छ ।
















