सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बारा । बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्‍याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताउनुभयाे ।

नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०/१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए ।

ADVERTISEMENT

तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाइएको थिएन । नगर प्रमुख कलवारले अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएका थिए ।

सोही विषयमा छलफल गर्न नगरपालिकाका कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन । कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ । ‘कार्यालय बाहिर बसेका विद्यार्थीहरुले छलफलको निर्णय बारे बुझ्दैनबुझी तोडफोड गरेका छन ।’ प्रधानाध्यापक यादवले भन्नुभयाे ।

तोडफोड नियन्त्रणको लागि प्रहरीले प्रहार गरेको लाठी लागेर केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?