‘नालापानी’को अष्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिँदै

Read Time = 5 mins

काठमाडौं । ऐतिहासिक चलचित्र ‘नालापानी’को अष्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गते रिलिज हुने यो चलचित्रलाई अष्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अष्ट्रेलिया र अर्बिट अष्ट्रेलिया ग्रुपले मिलेर शोको आयोजना गरेको हो ।

नेपालको इतिहासको बारेमा नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने उद्देश्यले १२ वर्षभन्दा कम उमेरकालाई चलचित्र निःशुल्क हेर्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिइयो । आगामी शनिबार अर्थात् २४ सेप्टेम्बरको दिन चलचित्र ‘नालापानी’को ग्राण्ड शो गरिने भएको हो । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुनुहुन्छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो ।

प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्रा.डा.धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.दिनेशराज पन्त, प्रा.डा.सुरेन्द्र केसी, पूर्वसहायक रथी डा.प्रेमसिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायत पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

ADVERTISEMENT

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि, वीर गोर्खाली फिल्मस प्रा.लि, गंगानारायण फिल्म प्रोडक्सन प्रा.लि.र बिजी बी इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ ।

‘नालापानी’ का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?