काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी गरेको छ । बालुवाटारस्थित उहाँको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउन–जान दिइरहेको छ।











