जुम्लाका किसान आधुनिक प्रविधिमैत्री स्रोतसाधनको सदुपयोग गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

विजय रावत/हिटा
जुम्ला । पछिल्लो समयमा जुम्लाका किसानले खेतीपातीमा आधुनिक प्रविधिमैत्री स्रोतसाधनको सदुपयोग गर्दै आएका छन् । यहाँको तातोपानी गाउँपालिका-७ का शेरबहादुर रावतले थ्रेसर मेसिनको प्रयोगले गहुँ चुट्न थालेको तीन वर्ष भइसक्यो । उहाँले यसअघि जौ र गहुँ चुट्न लोरीको प्रयोग गर्दै आउनुभएको थियो । पहिले दिनभरिमा गर्ने काम अहिले एकै घण्टामा सकिन्छ । उहाँले भन्नुभयो, ‘छिटो पनि हुने र थोरै मानिस भए पनि पुग्ने भएकाले थ्रेसर मेसिन छिमेकीहरूले पनि प्रयोग गर्न थालेका छन् ।

जुम्लामा जेठको अन्तिम साता जौ र गहुँ काटेर घरमा ल्याउने गरिन्छ । घरको छतमा कुन्यु बनाएर झण्डै तीन महिना सुकाइन्छ भने असोज लागेपछि चुट्न सुरु गरिन्छ । झण्डै एक रोपनी जग्गामा लगाइएको जौ, गहुँ चुट्न थ्रेसर मेसिनमा डेढदेखि दुई घण्टा लाग्छ ।’ मेसिनले समयमै जौ, गहुँ कुट्नेदेखि कार्यबोझ पनि घटाउने गरेको किसान रावतले बताउनुभयो ।

बारागाउँकै अर्का किसान लालबहादुर रावतका अनुसार समयको पनि बचत भएको छ । तीन वर्षदेखि थ्रेसर मेसिनबाटै अन्नबाली भित्र्याउन थालेका छन् । गाउँको कृषि समूहले प्रतिघण्टा जौ वा गहुँ चुटेबापत्त सात सय रूपैयाँ लिन्छ । थ्रेसरमा प्रतिघण्टा डेढ लिटर पेट्रोल आवश्यक पर्ने गरेको छ । अहिले गाउँका सबैजसो किसानले थ्रेसर मेसिन लिने गरेका छन्  । उहाँले बारागाउँका १७२ घरले अहिले थ्रेसर मेसिनले जौ, गहुँ चुट्न थालेको बताउनुभयो ।

ADVERTISEMENT

जुम्ली किसानहरूले गहुँ लगाउने सिजनको एक महिनाअघि मात्र कुन्यु लगाइएको गहुँबाट दाना निकाल्छन् । किसानले गहुँ, जौ लगाउन थ्रेसर मेसिनको प्रयोगमात्रै गरिरहेका छैनन्, सडक पुगेका गाउँ नजिक हाते ट्याक्टरबाट जोत्न थालिएको छ । उहाँले भन्नुभयो, ‘सबैले गोरु पाल्न छाडे, यसअघि वर्षभरि गोरु पालेर ६/६ महिनामा अन्न लगाउने बेला मात्रै जोत्ने गरेका थियौं ।’

तातोपानीका कर्णबहादुर न्यौपानेले भन्नुभयो, ‘एक हल गोरुले दिनभरिमा जोत्ने खेत अहिले ट्याक्टरले एक घण्टामै जोत्न सक्छ, एकजनाले मात्रै पनि दिनभरिमा १० रोपनीसम्मको खेत जोत्न सकिन्छ । हाते ट्याक्टरको प्रयोग गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको जानकारी उहाँले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज