सिफारिस समितिको बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पहिलो चरणको बयान सकेको महाभियोग सिफारिस समितिको बैठक अहिले केहीबेरमा बस्दैछ ।

बैठक आज (बुधबार) बिहान ९ बजेका लागि बोलाइएपनि शुरु भइसकेको छैन ।

पहिलो चरणको बयानअन्तर्गत समितिले पाँचौं मंगलबार ३५ देखि ४३ नम्बरसम्म अर्थात् सबै प्रश्नमा जबरासँग जवाफ लिएको थियो।

तर समितिमा भएका सांसदका प्रश्न नसकिएपछि उहाँलाई पुनः बयानका लागि बोलाउने निर्णय समितिले गरेको हो ।

ADVERTISEMENT

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो। मंगलबार बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिने काम भएको समितिको जनाएको छ।

निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाउनुभएका व्यक्तिहरुलाई पनि आवश्यकताअनुसार बयान लिने समितिको योजना छ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने महाअभियोग सिफारिश समितिका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ।

सत्तारुढ दलका नेताहरूले समितिको गतिविधिलाई आफू अनुकूल हुने गरी समाचार सञ्चारमाध्यममा दिएको भन्दै बैठकमा एमालेले असन्तुष्टि जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?