विवेक खड्का/हिटा
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी निर्वाचन पनि देशमा बलियो राजनीतिक शक्ति निर्माण हुने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको जिल्लास्तरीय युवा भेला तथा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई दाङमा सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत बनेको त्यही बलियो शक्तिले देश विकासको नेतृत्व गर्ने र बाँकी अधुरा काम पूरा गन बताउनुभयो ।
देश निर्माणको जिम्मा युवाको काँधमा आएको र निर्वाचनबाट प्राप्त हुने जनमतले एमालेलाई त्यो अभिभारा प्राप्त हुने उहाँको दाबी थियो । ‘आगामी निर्वाचन देश निर्माणको नयाँ यात्रा तय गर्ने माध्यम बन्नेछ । यो चुनावले विकास र समृद्धिको चाहना पूरा गर्नेछ’- उहाँले भन्नुभयो ।
राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेको तर अवस्था परिवर्तन हुन नसकेको भन्दै महासचिव पोख्रेलले समाज बदल्ने आन्दोलनमा जुट्न युवाहरूलाई आ≈वान गर्नुभयो । समाज बदल्ने अभियानलाई आउने निर्वाचनको परिणामले दिशानिर्देश गर्ने उहाँको भनाइ थियो ।
निर्वाचन लक्षित गतिविधिमा सहभागी हुन युवाहरूलाई निर्देशन दिँदै उहाँले जनताको मतको सुरक्षाको जिम्मा युवाहरूले लिनुपर्ने बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल दाङका अध्यक्ष देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरूलाई सामाजिक सञ्जालको प्रयोग गरेर पार्टीको प्रचार अभियानलाई व्यापक बनाउनसमेत महासचिव पोख्रेलले निर्देशन दिनुभएको छ ।
परमादेश भर्सेस जनादेश
महासचिव पोख्रेलले आगामी निर्वाचन परमादेश भर्सेज जनादेशको हुने बताउनुभएको थियो । यो निर्वाचनले अदालतले दिएको परमादेश ठीक थियो कि एमालेले चालेको कदम ठिक थियो भनेर निक्र्यौल गर्ने उहाँको भनाइ थियो । ‘के ठीक थियो, के बेठिक थियो त्यसको जनमत सर्वेक्षणको रूपमा पनि यो चुनाव हुनेछ’- उहाँले सत्तागठबन्धन दलहरूलाई स्वार्थहरूको सौदावाजी र बाँडफाँड गठबन्धन भएको आरोपसमेत लगाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच