पर्यटन प्रवर्द्धनमा रेसुंगा नगरपालिकाकाे जाेड

Read Time = 5 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले पर्यटन प्रवर्द्धन मार्फत समुन्नतिकाे यात्रालाई जाेड दिएको छ । नगरपालिकाले पर्यटन परिषद् बाेर्ड लुम्बिनी प्रदेश र क्रियाशील पत्रकारसँग अन्तरक्रिया गरि पर्यटन प्रवर्द्धनमा मार्फत समुन्नतिकाे यात्रालाई जाेड दिएको हो ।

पर्यटन परिषद् बाेर्ड लुम्बिनी प्रदेशको समूह र बुटवल तथा गुल्मीका क्रियाशील पत्रकारसँग अन्तरक्रिया गर्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पर्यटन मार्फत समुन्नतिकाे यात्रामा लागेको बताउनुभयो । 'सिंगो गुल्मीको समुन्नतिकाे लागि कृषिसँगै पर्यटनलाई बिशेष प्राथमिकता दिएर अगाडि बढेका छाैं ।' नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका नगरप्रमुख पन्थीले भन्नुभयो, "सिंगो जिल्लालाई समुन्नतिकाे यात्रामा दाैडाउन पर्यटन प्रवर्द्धनलाई ध्यान दिएका छाैं ।" पन्थीले पवित्र तपाेभूमी रेसुंगा स्वर्गकाे एक टुक्राकाे रुपमा अनुभुती गर्दै यसको प्रयाेगबाट आफूहरू अगाडि बढ्ने बताउनुभयो । उहाँले पर्यटन परिषद् बाेर्ड र बुटवलमा क्रियाशील पत्रकारलाई साेमबार रेसुंगाकाे अवलोकन गराउनुभयो ।

गुल्मीकाे विकासका लागि पहिलो पर्यटकीय आधार रेसुंगा नै भएको नगरपालिका प्रमुख पन्थीकाे भनाइ थियो । गुल्मीले रेसुंगा तपाेभूमी पाएकाेमा यसको प्रचारप्रसारले आफूहरू अगाडि बढ्ने उहाँले बताउनुभयो । मिडिया मार्फत रेसुंगाकाे प्रचार गर्न उहाँले उपस्थित पत्रकारलाई आग्रह गर्नुभयो । पन्थीले रेसुंगा, रूरूधाम, बिचित्र गुफा , कंके देउराली, सालिमे दह र टिमुरे ताल लगायतका पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो । रेसुंगा विमानस्थल छिट्टै संचालनमा ल्याएर पर्यटन क्षेत्रमा विकास गर्ने पनि उहाँको भनाइ थियो ।

रेसुंगाकाे पर्यटन प्रवर्द्धन बिषयमा भएको संक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले जिल्लाका सबै स्थानीय तहसँगकाे समन्वयमा पर्यटकीय क्षेत्रकाे विकास गर्नेतर्फ आफूहरू लाग्ने बताउनुभयो । आकर्षित पर्यटकीय गन्तव्य बनाएर आफूहरू अगाडि बढ्ने खत्रीकाे भनाइ छ ।

ADVERTISEMENT

पर्यटन प्रवर्द्धन गर्नका लागि हाेटल पाैवाका संचालक धुर्व न्याैपानेले गुल्मीमा साहित्यकार सम्मेलन, लेखकहरुकाे सम्मेलन, धार्मिक सम्मेलन र अन्य राष्ट्रब्यापी कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेले स्थानीय तहले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने तर्फ जाने, पर्यटन क्षेत्रकाे विकासका लागि मिडियाले लेखेको कुराहरू ध्यान दिनुपर्ने, सबैलाई चाँसाे ब्यक्त गर्नुपर्ने, दुर्लभ चराहरुलाई देखाएर पर्यटक तान्न सकिने, ऐतिहासिक ठाउँको प्रचारप्रसार गर्नुपर्ने र प्रत्येक स्थानीय तहले कम्तीमा एक/एक वटा पर्यटकीय क्षेत्रलाई मुख्य गन्तव्य बनाउन लागेमा पर्यटन क्षेत्रकाे विकास हुनु धारणा राख्नुभयो ।

पत्रकार गुणाखर पाण्डेले स्थानीय निकायले पर्यटकीय क्षेत्रमा ध्यान दिने र प्रचारप्रसार गर्नेमा जाेड दिनुभयो । पर्यटकीय क्षेत्रकाे कारण आर्थिक विकास हुने भएकोले यसमा ध्यान दिने उहाँको भनाइ थियो ।

गुल्मीको सदरमुकाम तम्घासमा गाउँगाउँका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्न लुम्बिनी पर्यटन परिषद् बाेर्डका कार्यकारी निर्देशक रामु जाेशीले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?