उम्मेदवार सिफारिसका कारण धनकुटा कांग्रेसमा विवाद चुलियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

धनकुटा । नेपाली कांग्रेस धनकुटामा आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि एकै घरका तीनजनाले नाम सिफारिस गराएका छन् । जसमा एकजना समानुपातिक र दुईजना प्रत्यक्षतर्फ रहेका छन् । एकमात्र संघीय निर्वाचन क्षेत्र तथा दुई प्रादेशिक निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लाका एकाघरका बुबा आनन्द सन्तोषी राई जनजातितर्फबाट संघीय निर्वाचनका लागि समानुपातिकमा र छोरा विजय सन्तोषी राई जनजातिबाट र जेठी बुहारी हिमा चेम्जोङ जनजाति महिलातर्फबाट प्रदेश सभा ‘क’ क्षेत्र बाट उम्मेदवार हुनुभएको छ ।

त्यसैगरी प्रदेशसभा ‘ख’ बाट प्रदेश सभापति राजन पौड्यालले निवर्तमान जिल्ला सभापति अग्निप्रसाद पौड्यालको नाम कटाएर प्रत्यक्षतर्फ आफ्नो र समानुपातिकतर्फ आफ्नै श्रीमती सुमना तिम्सिना पौड्यालको नाम सिफारिस गर्नुभएको छ । क्षेत्रीय सभापति राजन पौड्यालले पार्टीको विधिविधानविपरीत एकलौटी ढंगबाट सिफारिस गरेपछि महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, निवर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापतिका निकटतम प्रतिद्वन्द्वी, नेविसंघ जिल्ला सभापति र क्षेत्रीय समितिका पदाधिकारीहरू र सदस्यहरूले प्रेस विज्ञप्तिसमेत जारी गरेपछि धनकुटा कांग्रेसमा भाँडभैलो मच्चिएको हो ।

उता, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा धनकुटा नगरपालिकाको मेयर पदमा दोस्रोपटक १४ मतले र पहिलोपटक विगत ०७४ सालको स्थानीय निर्वाचनमा ११४ मतले पराजित हुनुभएका नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले भने आफू सभापति भएको दम्भमा स्वयं आफ्नो नाम समानुपातिकतर्फ १ नम्बरमा राखेर केन्द्रमा सिफारिस गर्नुभएको छ ।

ADVERTISEMENT

धनकुटा जिल्ला प्रदेश क्षेत्र ‘ख’ मा सभापति राजन पौड्यालले केन्द्रको निर्देशनविपरीत बहुमतको नाममा झुक्याएर सही गराई निवर्तमान जिल्ला पार्टी सभापति अग्निप्रसाद पौड्याल, महासमिति सदस्य महेन्द्र निरौला, महाधिवेशन प्रतिनिधि खेमराज पौड्याल, प्रदेश सदस्य मिना राई, नेविसंघ जिल्ला सभापति बालानन्द्र दाहाललगायतका गरी ११ जनाको नाम सिफारिस भएको भए पनि क्षेत्रीय सभापति राजन पौड्यालले मनोमानी ढंगबाट आफूलाई मात्र १ नम्बरमा राखेर जिल्ला सभापति निर्मल ओझा र जिल्ला सचिव जयन्द्र घिसिङ गरी तीनजनाको मात्र सिफारिस गरी समानुपातिकतर्फ भने आफ्नी श्रीमती सुमना तिम्सिना पौड्याललाई १ नम्बरमा राखेर नौजनाको नाम सिफारिस गरेपछि धनकुटा कांग्रेसभित्र अहिले तीव्र विवाद देखिएको छ ।

त्यसैगरी प्रदेशसभा ‘क’ मा भने एकाघरका तीनसँगै देउवा पक्षबाट समानुपातिकतर्फ विजय सन्तोषी राई र प्रत्यक्षतर्फ वर्तमान प्रदेश सांसद लिला सुब्बा र कोइराला पक्षबाट समानुपातिकतर्फ मोहन बान्तबा राई र प्रत्यक्षमा तीर्थ राई र अन्य समूह नखुलेकाहरू नवीनकिशोर शाक्य र दुर्गा सुवेदी गरी चारजना प्रत्यक्षमा र समानुपातिकका जम्मा २२ जनाको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?