जनप्रतिनिधिको लापरबाहीका कारण दुई वर्षमै जोखिममा स्वास्थ्य चौकी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा करोड लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन पहिरोको उच्च जोखिममा परेको हो । विसं २०७६ सालमा निर्माण भएको उक्त भवन २०७७ सालको बर्खामा आएको पहिरोले जोखिममा परेको हो । भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पु¥याएको छ । स्वास्थ्य चौकीको भवन माथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ भने तलदेखि भवनको जग नै उप्किन थालेको छ । दुई करोड तीन लाख रुपैयाँमा निर्माण भएको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख बजेट विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । ‘भवन निकै जोखिममा छ, कुनापट्टि र छेउपट्टिबाट पहिरो गएको छ, माथिबाट चापिने र तलबाट भत्किने डर छ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘अहिले बर्खा रोकिएको छैन, बर्खा रोकियो भने यहाँ वाल लगाएर संरक्षण गर्ने योजनामा छौं ।’

ADVERTISEMENT

अध्यक्ष थापाले पूर्वजनप्रतिनिधिहरूको लापरबाहीका कारण लाखौं रुपैयाँमा बनेको भवन अहिले जोखिममा परेको बताउनुभयो । पहिले यो ठाउँमा हुँदैन भन्दाभन्दै जरबजस्ती भवन निर्माण गर्दा अहिले यो अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ । ‘हामीले पहिले नै भनेका थियौं, यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै हामीभन्दा अगाडिका जनप्रतिनिधिले जबरजस्ती गर्दा अहिले भवन निकै जोखिममा छ, दिनदिनै बिरामीहरू आउँछन्, पानी पर्दा माथिबाट आएर चाप्ने हो कि, तलबाट तान्ने हो भन्ने जोखिम छ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘पानीको मूल उम्रिने ठाउँमै भवन निर्माण गर्नु हुन्थेन, प्राविधिकले पनि त्यसलाई कसरी पास ग¥यो त्यो हामीलाई थाहा भएन, संरचना जेनतेन बन्यो, महँगो संरचना, यसको संरक्षणमा हामी गम्भीर भएर लागेका छौं ।’

उहाँले भवनको पछाडितिर पर्खाल लगाएर संरक्षण गरेको भए पनि पानी निस्किने ठाउँ हुँदा भत्किने जोखिम रहेको बताउनुभयो । स्वास्थ्य चौकीको तल र माथि दुवै पट्टिदेखि पहिरो गइरहेको हुँदा यसको संरक्षण गर्न चुनौती देखिन्छ । स्थानीय देवबहादुर सुवेदीले भवनको जग नै गतिलो नभएको बताउनुभयो । उहाँले पानीको मूल फुट्ने ठाउँमा स्वास्थ्य चौकी बनाउनु गलत भएको बताउनुभयो । अनुपयुक्त ठाउँमा भवन निर्माण गर्दा करोडौंको नोक्सान हुने उहाँको भनाइ छ । ‘यस्तो ठाउँमा भवन बनाउनै हुन्थेन, पानीको मूल फुट्ने ठाउँमा भवन बन्यो, अहिले जोखिममा प¥यो, जग्गा कमजोर थियो, यही ठाउँमा भवन बनाएपछि कसरी सुरक्षित हुन्थ्यो र ?,’ उहाँले भन्नुभयो । भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?