विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित तिलिचो ताल । यो तालको रङ्ग समय अनुसार फरुक फरुक देखिने गर्छ। यो ताल चार हजार नौ सय १९ मिटर उँचाईमा रहेको छ ।
यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।
प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यस तालमा धरै चलचित्रहरू पनि सुटिङ भएका छन् ।












