काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकामा भएको एकैछिनको भारी वर्षाले यहाँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा एक घण्टा भारी वर्षा भएको थियो ।
दिउँसो करिव १२ बजेतिर उपत्यकामा भएकाे वर्षाका कारण यहाँका नदीहरुमा बहाव समेत बढेको थियाे । वर्षाले सडकमा यातायात सन्चालन गराउन ट्राफिकलाई समेत हम्मेहम्मे परेकाे थियाे । सडकमा पानी भएका कारण पैदल यात्रुलाई पनि सडकमा हिड्न समस्या भएकाे थियाे ।
तस्वीरमा हेर्नुहोस्


















