विष्णु पौडेल र खिमलाल भट्टराई एकल सिफारिस, घनश्याम भुसाल सर्वसम्मत भएनन्

Read Time = 3 mins

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस हुुनु भएको छ । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो ।

पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराउनु भएको थियो भने २०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराईलाई पराजित गर्नुभएको थियो। यस्तै, गत आम निर्वाचनमा पौडेलले काँग्रेस नेता युवराज गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी हुनुभएको थियो ।

रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउने भन्दै विकासका योजना अगाडि बढाईरहनुभएका पौडेलले विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ । बुटवल–भैरहवा ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तिनाउ–दानव कोरिडोर, बुटवल–नारायणगढ चार लेन सडक उनकै पहलमा अघि बढेका ठूला आयोजना हुन् ।

ADVERTISEMENT

एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ५ को बैठकले खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ । उहाँराष्ट्रिय सभाका सचेतक पनि हुनु हो । क्षेत्रीय कमिटीले उनको नाम मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ३ मा एमालेले नेता घनश्याम भुसाल र वासुदेव घिमिरेको नाम सिफारिस गरेको छ । भुसाल स्थायी कमिटी सदस्य हुनु हो भने घिमिरे तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर हुनु हो । तिलोत्तमा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाएको भन्दै यस क्षेत्रमा घिमिरेको लोकप्रियता बढ्दो देखिएको कार्यकर्ताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?