कर्मचारी आन्दोलनमा उत्रँदा गाउँपालिकाको सेवा प्रभावित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको दादागिरीका कारण कर्मचारीमात्र होइन, सर्वसाधारण नागरिकले समेत सास्ती भोग्नुपरेको छ । गाउँपालिकामा समायोजन भई आएका कर्मचारी तथा २०७४ सालपछि राखिएका ९४ जना कर्मचारीको बेरुजु आएको भन्दै काम गर्नमा रोक लगाउनुका साथै तलब निकासा नदिएका कारण कामकाज ठप्प हुँदा सेवाग्राही त्यसको शिकार हुनुपरेको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले आफ्नो मनपरी तरिकाले तत्कालीन अवस्थामा जिल्ला विकास समितिमा काम गरेका कर्मचारी, स्थानीय तहमा गएका कर्मचारीहरूलाई समेत हाजिर हुन नदिएको तथा कामकाज गर्न नदिएका कारण सेवाग्राही सेवा पाउनबाट वञ्चित भएका छन् । कामका लागि आफूले वडाबाट सिफारिस ल्याएको तर कार्यालय बन्द भएका कारण समस्यामा परेको बढैयाताल-१ का सुमन परियारले बताउनुभयो ।

ADVERTISEMENT

गाउँपालिकामा रहेका ९४ जना तथा करारका कर्मचारीहरूलाई बिनाकारण मनपरी ढंगले विभिन्न बहानाको नाममा म्याद थप नगरिएको भन्दै कर्मचारीहरूले कार्यालयको मूलगेटमा तालाबन्दी गर्दा कार्यालयको कामकाज पूर्णरूपमा ठप्प भएको छ । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले यस विषयमा केही नबोल्ने भन्दै पन्छिएका छन् भने प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि कार्यालयमा नआएको बताइएको छ । कर्मचारीहरूले विभिन्न पाँचबुँदे माग राख्दै मूलगेटमा नै धर्ना दिएका छन् ।

पालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले लेखा अधिकृत नारायणराज त्रिपाठीलाई निमित्त सुम्पेको बताइएको छ । पालिकामा पालिका प्रमुख हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने र लेखा अधिकृत नारायणराज त्रिपाठीले आफ्नो मनोमानी र आफ्नो अनुकूलको मान्छे राख्नका लागि यो प्रोपोगण्डा गरेको आन्दोलित कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?