भारतले निर्माण गरेको विमानबाहक युद्धपोत आजबाट सञ्चालनमा ल्याइँदै, प्रधानमन्त्री मोदीले शुभारम्भ गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली । भारतले आज (शुक्रबार) बाट आफैँले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएको छ ।

आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएको जनाइएको छ । उहाँले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

ADVERTISEMENT

२० हजार करोड भारु खर्च गरेर बनाइएको सोही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।

यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरूले उडान भर्न सक्ने छन् । यसको सञ्चालनबाट भारतीय उपमहाद्विपमा शान्ति र स्थिरताका लागि ठूलो योगदान पुर्याउने भारतीय नौसेनाको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?