मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

सो अवसरमा उहाँले सेवाग्राहीलाई छिटो-छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयारसहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशासनिक सेवा तथा अर्धन्यायिक मुद्दाको फर्छ्याैट, नागरिक सेवा, राहदानी सेवा तथा अन्य सिफारिस सेवा, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?