काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्ने हुनुभएको छ । आज बिहान १० बजे सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड आयोगका पदाधिकारीसँग छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न लाग्नुभएको हो ।
छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts