ओली नेकपाका सबैभन्दा मुल्यवान सम्पति यसैकारण भावी प्रधानमन्त्री : नेता रिजाल

Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उहाँलाई उभ्याएको बताउनु भएको छ। एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताउनु भएको हो ।

उहाँले ओली एमालेको सबैभन्दा मुल्यवान सम्पति भएकाले पनि उहाँलाई जनतामाझ खडा गरेको बताउनु भयो । कार्यक्रममा उहाँले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको बताउनु भयो। यसकारण उहाँलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताउनु भयो ।

उहाँले राष्ट्रियता र राष्ट्रवादमा उनीजत्तिको अरु कोही नउभिएको पनि बताउनु भयाे । वर्षैअघिदेखिको सीमा विवाद होस या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस सबैमा उहाँ सफल रहेको बताउनु भयाे। यसकारण फेरि पनि उनको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताउनु भयाे ।

ADVERTISEMENT

कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गर्नुभयाे। अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अभि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको बर्ता । झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उहाँको भनाइ छ । यो आन्दोलन उहाँले गर्नुभएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?