गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मा पाएको सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने भएको हो।

कार्यदलले यसअघि अलग अलग रुपमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गरेको थियो। सत्ता गठबन्धनभित्र सबै दलहरूले आ-आफ्नो दाबी पेश गरेका छन्।

गठबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले धेरै सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले पनि दोस्रो हैसियतमा सिट दाबी गर्दा सिट बाँडफाँट निष्कर्षमा पुग्न सकेको छैन।

ADVERTISEMENT

यस अघिको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले तीन सिटको दाबी पेस गरेका थिए ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज