तीन महिनादेखि अबरुद्ध बेनी-भकिम्ली सडक अझै खुलेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीवारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडर तीन महिना वितिसक्दा पनि अझै संचालनमा ल्याउन सकिएको छैन ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्ड अन्र्तगत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिंगोे भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट बिच्छेद भएको हो ।

पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण रुटको प्रयोग गर्न बाध्य भएका छन् ।

ADVERTISEMENT

‘सडक मर्मत नहुदाँ सास्ती भएको छ, मर्मत गरेपनि सामान्य बर्षाले भत्काउने गरेको छ’ स्थानीय शेरबहादुर घर्तीले भन्नुभयो । गतबर्ष ढलान सहितको सडक पहिरोले बगाएपछि बैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिरोले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ ।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने बैकल्पिक सडकअन्र्तगत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्ड अन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ ।

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब ७५० घरधुरीको बसोबास रहेको भकिम्लीबासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भएपनि उक्त स्थान सधै जोखिम बन्दै गएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।
‘सडक अवरुद्ध हुदाँ जनतालाई सास्ती भएको छ, मर्मतमा ठूलो बजेटको आवश्यकता देखिएको छ ’ वडा अध्यक्ष पुनले भन्नुभयो । गतबर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि बैकल्पिक मार्गको समेत सर्वे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेट बाहेक स्थानीयले कठोर श्रमदान गरी सडक विस्तार गरेका थिए । यसैबीच स्थानीयबासीले तत्काल सडक मर्मत वा सहज अर्को बैकल्पिक मार्गको खोजी गरी आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?