हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

Read Time = 2 mins

रौतहट । जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो ।

मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आउनु भयो। आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आर्चायको हाजिर गराएको थियो । आर्चाय हाजिर भएको दुई घण्टा नबित्दै उहाँको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।

उक्त पत्रमा आर्चायलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आर्चायलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन ।

उहाँको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आर्चायलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडौँमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताउनु भयो ।

ADVERTISEMENT

'मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,' समन्वय समितिका प्रमुख साहले भन्नभुयो, 'हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।'

यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उहाँको सरुवा भएको रहस्य खुलेको हो ।
-इन्दिप कोइराला/न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?