नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरूले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ ।













