ललितपुरको धापाखेलमा रहेको नागदहमा अहिले वर्षाको समयमा पानीको सतह बढेको छ । पानीको सतह बढेसंगै कमलको फूल पनि राम्रै संग फूलेका छन । सेतो कमलको फूलले यो दहको सौन्दर्य बढाएको छ । शहरको भिडभाडबाट अलिकति पर रहेको यो दहमा फूलेको कमलको फूल र यहाँ विचरण गर्न आउने चराचुरुङ्गीले छुट्टै रौनक थपेको छ । त्यही नागदहमा फुलेको कमलको फूल तस्बिरमा ।














