नागरिकता विधेयकको विरोधमा नेमकिपाको विरोध सभा (तस्वीर)

Read Time = 3 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गरेको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुगेको थियो । जुलुसमा नेता कार्यकर्तादेखि विद्यार्थीसमेत सहभागी थिए । कलेज ड्रेसमै विद्यार्थी नागरिकता विधेयकको विरुद्धमा लेखिएको प्ले कार्डसहित उपस्थित थिए ।

उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक राखेज गर् आदि लेखिएका प्ले कार्ड बोकेका थिए ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज