राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयोः एमाले

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाण्डौं । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका सांसद विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्न आफैँमा मिल्ने विषय नभएको बताउनुभयो । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उहाँले गुनासो गर्नुभयो ।

एमालेका प्रमुख सचेतक भट्टराईले राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताउनुभयो । एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरित रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

ADVERTISEMENT

यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानकर्षण गराउनुभयो । स्थानीय शहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउनका लागि कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उहाँले आग्रह गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज