डीआरको बाबासम्बन्धी गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआरको नयाँ गीत सार्वजनिक भएको छ । डा.उपाध्यायको बाबासम्बन्धी लेखिएको मर्मस्पर्शी गीत ‘हो बाबा हो...’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा हरेक बाबाको सन्तानप्रतिको कत्वर्यबोधलाई प्रस्तुत गरिएको छ र जस्तो सुकै परिस्थितिमा पनि बाबा आफ्नो कत्वर्यबोधलाई निभाउन लागिरहेको हुन्छ भन्ने भाव प्रस्तुत गरिएको छ । बाबुल गिरीको स्वर र संगीत रहेको गीतको भिडियोमा शिलन लम्सालनको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

‘हरेक सन्तानले आमालाई महत्व दिने गर्छन, दिनु पनि पर्छ तर हामीले बाबाको महत्वलाई पनि त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबासम्बन्धी गीत सार्वजनिक गरेको हुँ’, कीर्तिमानी गीतकार डा.उपाध्यायले भन्नुभयो, ‘बाबासम्बन्धी गीत निकै कम लेखिने पाएकाले मैले यस विषयलाई उठान गरेर गीत लेखेको हुँ ।’ गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रियशन युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक-फरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ हालै लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?