खोटाङमा अक्सिजन प्लान्ट सञ्चालनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । जिल्ला अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्ट नियमितरूपमा सञ्चालनमा आएको हो । प्रदेश सरकार, प्रदेश नं. १ स्वास्थ्य मन्त्रालयको भ्याटबाहेक ९९ लाख बजेटमा निर्माण गरिएको अक्सिजन प्लान्ट नियमितरूपमा सञ्चालनमा आएपछि अक्सिजनकै निमित्त बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अक्सिजन प्लान्टबाट दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हाललाई सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पतालमा प्रयोग भइरहेको र निर्माणाधीन ५० शश्याको अस्पलात सञ्चालनमा आएपछि पाइपलाइन हुंँदै बेडसम्म अक्सिजन पु¥याइनेछ ।

‘अक्सिजन प्लान्ट नहुँदा अक्सिजन भर्न विराटनगर पुग्नुपर्ने बाध्यता थियो । अस्पतालमा अक्सिजनको अभाव भइरहेको हुन्थ्यो,’ जिल्ला अस्पतालका डाक्टर पुस्कल राईले भन्नुभयो, ‘अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि खासगरी दमका बिरामीकै लागि भनेर अक्सिजन भर्न बाहिर जानुपरेन । अक्सिजनका लागि आफै आत्मनिर्भर भएका छौँ । काम गर्न सजिलो भएको छ ।’

ADVERTISEMENT

मुन रक्स इन्टरनेसनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै विरोध भएको थियो । अक्सिजन प्लान्टको ट्रस कच्चा बनाइएको भन्दै गुनासो आएपछि २४ असारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो ।

विरोध र निरीक्षणपछि पुनः प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेरेर वाल प्लास्टर गरी जस्तापाता फेरेको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि जिल्ला अस्पतालसहित जिल्लाभरका अस्पतालहरूलाई अक्सिजनकै लागि तनाव लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?