चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने प्रचण्डको घोषणा

Read Time = 2 mins

काठमाडौं । जापान भ्रमणमा रहनुभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।

पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनाँले भन्नुभयो, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’

पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भन्नुभयो, ‘मलाई चुनाव लड्नपर्‍यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ’ उहाँले भन्नुभयो, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर, मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु ।’'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?