न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा, बच्चासहित निहारिकालाई अनशनस्थलबाट उठाइयो (फोटोफिचर)

Read Time = 5 mins

काठमाडौं । न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बस्नुभएको छ। ‘कुमारी आमा’को रुपमा चिनिनुभएकी उहाँ आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बस्नुभएको हो। दुई वर्षको बच्चासहित आमरण अनशनमा बस्नुभएकी निहारिकालाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ ।

यसअघि निहारिकाको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाँणले जुस खुवाएर तोडाउनु भएको थियो । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उहाँ पुन आमरण अनशनमा बस्नुभएको हो ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उहाँले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बस्नुभएको हो । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज