निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाण्डौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको भोलीपल्ट आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धन बैठकले सो निर्वाचनमा पनि चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको हो ।

चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नु भयो, ‘पाँच दलीय गठबन्धन बैठकले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय गर्‍याे । चुनावी तालमेलको निम्ति फेरी बैठक बस्छ, छलफल गर्छ । यसलाई व्यवस्थित गर्ने, न्यायपूर्ण गर्ने विषयमा वृहत रुपमा सहमती भएको छ । यसलाई गम्भिर छलफल गरेर अघि बढाउँछौं । यसका लागि कार्यदल पनि बन्नेछ । त्यसबारे म पछि तपाईहरुलाई थाहा दिनेछु । र, अर्को पूर्वप्रधानमन्त्रीजी पुष्पकमल दाहाल आज रातको १० बजे जापान प्रस्थान गर्दै हुनुहुन्छ । उहाँलाई आज बसेको गठबन्धन बैठकले उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’

बैठकले गठबन्धन दलका एक प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष दाहाल आज राति १० बजे जापान प्रस्थान गर्दै हुनुहुन्छ ।

https://youtu.be/UnUT9ViSsXk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज